बैंकक भ्रमण मेरो पहिलो विदे श भ्रमण, त्यसमाथि पनि अफिसबाट मनोनयन भएर जान पाउँ दा
एक किसिमको गर्वको पनि अनभ ु ति
ु हुनु सायद स्वभाविक पनि हो, दर्भा ु ग्यवश स्वास्थले साथ दिएको थिएन। दईु दिन दे खि ज्वरोले थलिंदा बैंकक वास्तवमै जान सक्छु वा सक्दिन भन्ने शंका थियो। आइतवारको विहान ज्वरोले अलि छोडेको थियो तर शरीरमा स्फुर्ति थिएन। अलिकति खाना खाएपछि एकछिनको आरामले निकै राहत दियो। आंतरिक उडानमा एयरपोर्ट समय १ घण्टा अघि नै हुने गरे पनि एक घण्टा अघि नै एयरपोर्ट पग ु ेको अनभ ु व म संग छै न, सधैंको फ्लाइट डिलेले आजित भएर। विदे शीको सबैकुरा राम्रै हुन्छ भन्ने सोच भएका नेपालीहरुको म पनि एक प्रतिनिधि हुँ तसर्थ ढिला हुन्छ भनेर म तोकिएको भन्दा आधा घन्टा अघि नै एयरपोर्ट पगि ु सकेको थिँए। हाम्रो टोलीका कोहि पनि दे खिएन र आफु नै सर्वप्रथम एयरपोर्ट आइपुगेको कुरा ठम्याए तर तुरुन्तै साथीहरु आउनु भयो र विस्तारै सबै भेला भयौं। सबैको निधारमा साइतको रातो टीका दे ख्दा लाग्थ्यो हामी ठुलै कामका लागि विदे श जाँदै छौं मानौं नेपालको लोडसेडिङको समस्याको हल खोज्न वा भनौं संघियता लागु गरिएको दे शमा संघियताको अध्ययन गर्न। मैले धेरै पटक यसरीनै टीका लगाएका साथीहरुलाई छोड्न एयरपोर्ट आएको थिँए त्यसैले सामहि ु क रुपमा विदे श पढ्न जानलागेको जस्तो पनि लागिरहे को थियो। वोर्डिङ पास लिएर ३-४ ठाउँ मा सुरक्षा जाँच गराएर प्रतिक्षालय त पगि ु यो तर जहाज एक घण्टा डिले रहे छ। नेपाली कम्पनीको जहाज हुँदो हो त हामी नेपालीको वानी, व्यवस्थापकीय कमजोरी र नेपाली समय भन्दै के के फलाकि सकेका हुँदो हौं तर विदे शी भएकै नाताले हामीले weather राम्रो नभएको होला भनेर थाई एयरवेजलाई सफाई दियौं। त्यति ठुलो विमान हावामा तैरिन सक्ने वनाउने विज्ञानको तारीफ गर्दै अनि राईट दाजुभाईलाई धन्यवाद दिंदा म सयौं मिटर माथिवाट पथ्ृ वीलाई नियाल्दै थिएँ। सवा तीन घण्टा आकाशको सयर पछि बैंकक एयरपोर्टमा अवतरण गर्न लागेको कुरा थाहा भयो। माथिबाट उज्यालो शहर झिलिमिलि गर्दै हाम्रो स्वागत गरिरहे को भान हुन्थ्यो। दव ु ै तर्फ विजुलीको खम्वा आखाँले भ्याएको दरु ी सम्म फैलिएको दे ख्दा नेपालको लोडसेडिङ सम्झी टीठ लाग्यो र भित्र भित्रै केही दिनका लागि भएपनि उज्यालोमा वस्न पाइने भयो भनेर खश ु ी पनि लाग्यो। गगनचुम्वी भवनहरु, तिनका वनौटहरु आकाशवाटै प्रस्ट दे खिन्थे जुन थाईल्याण्डका विकासका विम्वहरु वनेर उभिएका थिए। आफ्ना समानहरु वटुलेर हामी सुवर्णभुमि एयरपोर्ट वाहिर निस्कियौं जहाँ हामीलाई एआईटी की एक प्रतिनिधि कुरिरहे की थिइन। सेतो कपाल भएको (फुलेर सेतो भएको हो वा रं ग नै त्यस्तो हो उनी आफैं जानन ु , मंगोलिएन अनह ु ार भएकी एक महिला साधा पोशाकमा रहे की ती महिलाले आफु हाम्रो टोलीकी संयोजक भएको कुरा हामीलाई जानकारी गराइन। ती महिलालाई हामी पछि पिनोए भनि सम्वोधन गर्दथ्यौं। हाम्रा केही साथीहरु ती महिलासंग गफिन थाल्नभ ु यो भने कोहि त्यो विशाल एयरपोर्टको फोटोहरु लिन लाग्नु भयो, मानौं हामीलाई हामी थाइल्याण्डनै गएको प्रमाण पनि लिएर दे श फर्क नु थियो, म पनि सोहि प्रमाण संकलनमै जुटेको थिएँ। काठमाण्डौंको चिसो वातावरणले हामीलाई स्वीटर र कोट भिराएको थियो भने थाईल्याण्डको गर्मीले तरुन्तै हामीलाई स्वीटर र कोट उतार्न लगायो। सडक माथि सडक, गाडी पार्क गर्नका लागि निर्माण गरिएका भवन अनि छै ठौं-सातौं तल्ला सम्म पनि पार्क गरिएका गाडिहरुले पहिलो पटक विदे श जाने हामी मघ्यका सवैलाई अचम्भित गरिरहे को थियो। एयरपोर्टबाट एआईटी झण्डै ७० किलोमिटरको दरु ीमा रहे को जानकारी पाउँ दा छिट्टै आराम गर्ने मौका मिल्ला भन्ने आश पनि मर्यो। तर ती प्रतिनिधि जाम नभएको खण्डमा १ घण्टामै एआइटी पुग्न सकिने कुरा गर्दै थिइन जसलाई मैले थाकेका पाहुनाहरुलाई दिएको ढाडस भन्दै मन मनै खारे ज गरिदिएँ किनकी नुवाकोटमा काम गर्दा काठमाण्डौं वाट नुवाकोटको विदरु ३ दे खि साँडे ३ घण्टा लगाएर पुगेको कुरा अझै मेरो स्मति ृ मा ताजै थिए। हामीलाई लिन आउने भनेको गाडि झण्डै ९ वजे आईपुग्यो अर्थात हामीले एयरपोर्ट वाहिर झण्डै २ घण्टा कुर्नु पर्यो। थाईल्याण्डमा साधारण सडक र टोल सडक (Toll road) भनेर दईु किसिमका सडकहरु रहे छन। साधारण सडकमा जाममा पर्न सकिने र थोरै गतिमा गाडि चलाउन मिल्ने हुँदो रहे छ भने टोल सडकमा वीच वीचमा कर तिर्नु पर्ने तर जामको समस्या नहुने अनि धेरै गतिमा गाडि चलाउन मिल्ने रहे छ। वाटो फेरी अहिले कोटे श्वरमा निर्माण भएको वाटो भन्दा झण्डै दोव्वर चौडा रहे छन ्। नभन्दै १ घण्टामा हामी एआईटीको होटलमा थियौं। अचम्म एउटा एकेडेमिक संस्था भित्र उसको आफ्नै ४ तारे होटल रहे छ। विहान उठे र एक पटक कलेज परिसर चहार्ने निर्णयसंगै हामी मध्य केही त्यस विशाल कलेजमा टहल्न निस्कियौं। कलेज भित्रै ठुलो पोखरी, वैंक, ट्राभल एजेन्सी, ३-४ वटा आधुनिक पसल, अनगिन्ति रे ष्टुरे न्टहरु रहे छन ्। कलेज कति ठुलो भने विधार्थिहरु आफु वस्ने छात्रवासबाट कक्षा वा अन्य ठाउँ जान साइकलको प्रयोग गर्दा रहे छन। ९ वजेवाट हाम्रो तालिमको कार्यक्रम थियो, झण्डै १ घण्टाको एक औपचारीक कार्यक्रम पछि, Strategic Management (रणनीतिक व्यवस्थापन) को कक्षा प्रारम्भ भयो। ठलो शरीर भएका हँसिलो अनुहार भएका एक प्रोफेसरले कक्षा संचालन गरे भने, सानो शरीर भएकी एक हँसिलि फिलिपिनो महिला हाम्री अर्की संयोजक थिइन जसलाई हामी --------- भनेर सम्वोधन गर्थ्यौं।त्यहाँ पढाउने तरीका अधिकांश नेपाली कलेज तथा ट्रे निङमा पढाउने तरीका भन्दा व्यग्लै थिए पुर्ण रुपले सहभागिता मुलक। त्यस कक्षामा हामीले संस्थाकालागि उध्धेश्य तथा लक्षको आवश्यकता र प्रत्येक सांगठनिक कार्यलाई कसरी संस्थाको रणनितिले सम्वोधन गरे को हुनपु र्छ भन्ने कुरा पनि सिक्यौं। दै निक कार्यमा मात्र अल्झिएर, रणनीतिको वेवास्ता गर्दा कसरी संस्थालाई दिर्घकालीन रुपमा हानी गर्दछ भन्ने चर्चा उक्त कक्षामा गरियो। सो कक्षा यस कारण पनि सान्दर्भिक थियो किनकी हामी कोशका कर्मचारीहरु सायद बढी नै दै निक कार्यमा अल्झिएका हुन्छौं। तर दै निक कार्य पनि नगरी त हुँदैन र १० दे खि ५ को समय दै निक कार्यमै विताउँ दा, दिर्घकालीन योजना तथा नीति निर्माण कसरी हुन्छ? मैले भाग लिन पाएको मिटिङहरुमा पनि दै निक कुराहरुकै चर्चा हुन्छ। हामी धेरै जनालाई कोषको रणनीति के हो भन्ने जानकारी छै न। जव दै निक कार्यवाटै फुर्सद मिल्दै न भने व्यवस्थापनले कसरी रणनीति तथा दीर्घकालीन योजनाहरुमा केन्द्रित रहन सक्छ त भन्ने मेरो प्रश्नमा श्रोत व्यक्तिको उत्तर थियो authority delegation। यसो गर्नाले उच्च व्यवस्थापनले रणनीतिक योजनामा ध्यान दिन सक्छ। बैंकक शहर किनमेलका (shopping) का लागि एसिया क्षेत्रमै विख्यात शहर हो त्यसैले हामी सबैलाई वजार हे र्ने र घम् ु ने ठुलो इच्छा थियो। यही कुरालाई वझ ु ेर होला सोहि दिन तालिम कार्यक्रम सकिएपछि हामीलाई बैंकककै नाम कहलिएको फ्युचर पार्क लगियो। ठुला-ठुला सपिङ मलहरु मा सबै किसिमका सामानहरु उपलब्ध थिए। वजार यति ठुलो की घुम्दा घुम्दै किनमेलको लागि समय नै नमिल्ने। तीन घण्टा दिएको समय त एउटा सपिङ मल घुम्दै सकियो, विशाल क्षेत्रफलमा फैलिएको ६ तल्ले सपिङ मल घुमेर भ्याइयोस पनि त कसरी। तर हामी मध्य धेरैको निर्क्यौल के रह्यो भने फ्युचर पार्क महं गो रहे छ। दोस्रो दिन Leadership सम्बन्धि तालिम थियो र प्रशिक्षक हिन्दी मुलकी महिला थिइन। मैले धेरै महिला प्रशिक्षकवाट तालिम लिएको थिएँ र मेरा धेरै शिक्षकहरु महिला हुनुहुन्थ्यो तर उहाँमा जुन स्फुर्ति र आत्म-विश्वास थियो त्यो मैले कसैमा दे खेको थिइन। सो कक्षा पनि सम्पुर्ण रुपले सहभागीमूलक थियो। दोस्रो दिनको तालीम बैङ्कक शहर क्रुजमा भ्रमण गर्ने र बेलुकाको खाना पनि उक्त क्रुजमै खाने कार्यक्रम थियो। बैङ्कक शहरलाई चिर्दै बग्ने उक्त नदी खासै ठुलो होइन न त त्यति धेरै सफा नै, केही वर्ष अघि त हाम्रो वागमती जस्तो नै थियो रे त्यस नदीको हालत तर अहिले त्यही नदी पनि पर्यटकीय दृष्टीकोणले महत्वपुर्ण बनाईएको रहे छ। अठोट हुँदा कुनै पनि कार्य असम्भव हुन्न भन्ने कुरा उनीहरुले चरितार्थ गरे का थिए। साँझको समयमा रङ्गी-चङ्गी वत्तीको वीच शहर नव- दल ु ही जस्तै सजिएको थियो, वा भनौं दिनको हौडाहालाई साँझमा आनन्दित अनि रोमान्चित हुँदै भुलाउँ दै थियो त्यो विशाल शहर। खुल्ला क्रुजमा नदीको चिसो हावाको मज्जा पनि व्यग्लै थियो। शुक्रवार पटायाको कार्यक्रम थियो, पटाया थाइल्याण्डको अत्यन्तै प्रचलित पर्यटकिय नगर हो, समुंद्रको किनारमा रहे को पटाया वजार शौखिन अनि सारा कुरा भुलेर छुट्टी मनाउन आउने पर्यटकहरुको नगर पनि हो। यो सहर सायद ३ घण्टा मात्र सुत्छ होला। पछिल्लो चरणमा पटाया यौन पर्यटनको लागि अझ बढी चर्चामा रहे को छ। तर पटायाको आकर्षण त अलि पर रहे को पार्क पो रहे छ। शनिवार विहानै हामी सवैजना उक्त पार्क का लागि गाडि चढ्यौं। पार्क को टिकट प्रष्ट संग दे खिने गरी टाँस्नु पर्ने रहे छ। पार्क यति ठुलो की पार्क घम् ु न त वस पो चल्दो रहे छ। पार्क फेरी हामीले कथामा सन् ु ने गरे को इन्द्रको बगैंचा जस्तो, यति विशाल पार्क को व्यवस्थापन कसरी हुँदो हो भनेर हामी दं ग पर्यौं। त्यही पार्क भित्र थाईल्याण्डको रहनसहन र संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम पनि हे र्न पाइयो जसले थाईल्याण्डको इतिहास, संस्कृति र कलाको वारे मा राम्रो जानकारी गरायो। पार्क को सयर पछि हामीलाई अर्को प्रचलित स्थान Pattaya Floating Market लगियो। ठुलो पोखरीमा फलेकहरु राखेर त्यहाँ त एउटा वजार नै सिर्जना गरिएको रहे छ। पानी भने भैंसीले आल वस्ने जस्तो तर वजार सारै व्यवस्थित। पोखरीको चार कुन्नामा थाईल्याण्डको चार क्षेत्रमा पाईने सामान र त्यहाँको संस्कृति सम्बन्धि झलकहरु पाईन्थ्यो। त्यही तालमा डुग ं ा शैर तथा डोरीमा झण्डि ु एर एक टावर वाट अर्को टावरमा पगि ु ने रोमान्चक खेल पनि खेल्न पाइने। हामीले नेपालका पनि विकट ठाउँ मा जहाँ पुल छै न त्यहाँ नेपालीहरु ज्यान जोखिममा राखेर यसरीनै डोरीमा झुण्डिएर खोला तरे को दे खेको थिएँ। तर यहाँ जोखिम भन्ने थिएन सुरक्षाको राम्रो जोडजाम थियो। हामी कुरा गर्दै गयौं थाई मानिसहरुले रानीपोखरी पाएको भए त के गर्थे होलान ्। म र हाम्रै विभागको सुवाष सरको फुकेट पनि घुम्ने योजना रहे को हुँदा हामीले आफ्नो प्लेनको टिकट केही दिन पछिकोलागि सारे का थियौं। शनिवारनै वेलुकीको वसबाट फुकेट जाने कार्यक्रम रहे को हुँदा हामी हाम्रो टोली संग फ्लोटिङ मार्के टबाट छुट्टीयौं। व्यक्तिगत रुपमा थाईल्याण्डमा मुख्य दईु समस्या दे खें पहिलो थियो भाषाको समस्या अनि दोस्रो खानाको अझ शाकाहारी हुँदा त साह्रै द:ु ख पाइने। उनीहरु अङ्ग्रेजी नबुझ्ने हामीलाई थाई नआउने। फुकेटको लागि चल्ने वस स्टे सन जाने क्रममा बस ड्राइभरले हामीलाई ७:०० वजे पछि अलि ढिला अर्को वस लाग्छ भनेको रहे छ, हामीले ७:०० बजे पछि बस नै लाग्दै न भन्ने बुझ्यौं तसर्थ ड्राइभरलाई टल रोडबाट लैजान अनुरोध गर्यौं र विनाकारण झण्डै ६०० भाट तिर्यौ जबकी फुकेटको वसको टिकटको जम्मा ४५० भाट पर्ने रहे छ। टिकट काट्न जाँदा अर्को रमाईलो अनुभव भयो, टिकट काट्ने महिलाले तपाईंहरु अलि ढिला हुनु भयो अबको वसमा ट्वाईलेट छै न भनिन ् वसमा पनि ट्वाइलेट हुन्छ भन्ने सुनेर हामी छक्क पर्यौं। तर पनि जिस्कँदै हामीले भन्यौ ओहो! हाम्रो त ट्वाईलेट नभएको बसमा चढ्ने वानी नै छै न अनि पछि मज्जाले हाँस्यौं र फर्कँ दा ट्वाईलेट भएकै वसमा फर्क ने निर्णय पनि गर्यौं। भोलिपल्ट फुकेटबाट हामी सिधै फुकेटको विशेष आकर्षण फिफि टापुका लागि क्रुजमा चढ्यौं नीलो समुंद्रलाई चिर्दै, अनि ठाउँ ठाउँ मा ह्वेललाई जिस्क्याउँ दै हामी तीन घण्टे क्रुजको यात्रामा निस्कियौं। खुला क्रुजको डेक (deck) मा समुंद्रतिर खुट्टा झण् ु ड्याएर बस्दा जब समुंद्रको पानीले खुट्टा भिजाउँ थ्यो त्यसको आनन्दको त वयान पनि गर्न नसकिने। सानामा हजुरआमाले विष्णु भगवान बस्ने समंद्र ु को वीचमा रहे को बैकुण्ठ पनि यस्तै हुँदो हो भन्ने लाग्थ्यो।